भर्खरै : Sorry, your browser does not support inline SVG.
सगरमाथा संरक्षणमा राष्ट्रपतिको जोड : दिगो पर्यटन र हिमाली वातावरण जोगाउन आग्रह | म्याग्दीको सिरुवारीमा पहिरो : बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यातायात ठप्प | तीन मौसमी प्रणाली सक्रिय : बुधबार देशभर चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | क्यान्सर अस्पतालमा औषधि अभाव | अमेरिका–इरान तनाव फेरि चर्कियो : नयाँ हवाई आक्रमणपछि युद्धविराम संकटमा, होर्मुज र आणविक वार्ता थप पेचिलो | उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ |

मङ्सिरदेखि सवारी चालक अनुमतिपत्र वितरण गरिने

मङ्सिरदेखि सवारी चालक अनुमतिपत्र वितरण गरिने

मकवानपुर । वागमती प्रदेश यातायात सेवा कार्यालयले आगामी मङ्सिरको पहिलो हप्ताभित्र हेटौंडाबाटै सवारी चालकको नयाँ अनुमति पत्र (स्मार्टकार्ड)विवरण गर्ने तयारी भइरहेको जनाइएको छ । कार्यालयका अनुसार अब वागमती प्रदेशको राजधानी हेटौंडाबाटै नियमित स्मार्ट कार्ड वितरण हुने भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका प्रवक्ता नवीन सिंहले जानकारी दिनुभयो ।

प्रदेश यातायात सेवा कार्यालयले साउनको पहिलो हप्तादेखि असोज २२ गते अपराह्नसम्ममा विभिन्न जिल्लाको गरी सवारी चालकको पुरानो र नयाँ गरी १२ हजार ५४५ वटा अनुमति पत्र ९स्मार्टकार्ड० सेवाग्राहीलाई वितरण गरिएको सो कार्यालयका प्रमुख भक्तबहादुर थापाले जानकारी दिनुभयो । सङ्घीय सरकारद्वारा कोभिड–१९ को सङ्क्रमणको अवस्थामा बन्दाबन्दी र निषेधाज्ञाको कारणबाट यातायात सवारी साधनको दर्ता, नवीकरण, जाँचपास गर्ने क्रम अवरुद्ध हुँदा जरिवाना लाग्ने जरिवाना बागमती प्रदेश सरकारले अगामी कात्तिक मसान्तसम्म म्याद थप गरी छुट गर्ने निर्णय गरेको प्रदेश यातायात सेवा कार्यालयका प्रमुख भक्तबहादुर थापाले बताउनुभयो ।

प्रदेशको उपत्याकाबाहेक १० जिल्लाका यातायात व्यवसायीहरुको साथै निजी सवारीसाधन प्रयोगकर्ताहरुलाई दैनिक सेवा प्रवाह गर्न आवश्यक कर्मचारी जनशक्तिको अभाव रहेकाले तुरुन्तै सेवा दिन समस्या भएको उहाँको भनाइ थियो । कार्यालयको पूर्ण क्षमताअनुसार कामकाज गर्न थप ४२ जना कर्मचारीको दरबन्दी उपलब्ध गराउन वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमा माग गरिएको र आवश्यक प्रक्रिया शुरु भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो । गत भदौ १५ गतेसम्ममा कूल १० हजार २९४ वटा स्मार्ट कार्ड छपाइ गरी ल्याइसकेको कार्यालयले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.