भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मतदातालाई रक्सी बाँड्दै उम्मेदवार, प्रहरीले ग¥यो १२ कार्टुन बरामद

मतदातालाई रक्सी बाँड्दै उम्मेदवार, प्रहरीले ग¥यो १२ कार्टुन बरामद

कपिलवस्तु । नगरपालिका– ३ सानो बर्गदहवाबाट प्रहरीले १२ कार्टुन रक्सी बरामद गरेको छ । उम्मेदवारले मतदातालाई बाँड्दै गरेको अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले रक्सी बरामद गरेको हो ।

रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । त्यसपछि लु १ ज २४१० नम्बरको भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रक्सी सहितको भ्यान र मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भ्यानबाट २६० बोतल रक्सीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी जेसी शाहले बताए ।

निवर्तमान वडा अध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्ष समेत रहेका वडा नम्बर ३ का उम्मेदवार प्रकाश गैरेले रक्सी बाँड्न लगाएको पक्राउ परेका ती व्यक्तिको आरोप छ ।

 


Thali Mobile Pvt.Ltd.