भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मतदान केन्द्रको जिम्मा महिलालाई

मतदान केन्द्रको जिम्मा महिलालाई

त्रिवेणी । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एउटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । नवलपुरमा रहेका एक सय १३ मतदानस्थलका तीन सय दुई मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको हो । नवलपुरको कावासोती नगरपालिका–२ मा रहेको शिव मावि शिवबस्तीको एउटा मतदान केन्द्रमा महिला कर्मचारीमात्रै खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपरासीपूर्वका प्रमुख लालप्रसाद शर्मा भुसालले बताउनुभयो ।प्रमुख भुसालका अनुसार शिव माविमा रहेको मतदानस्थलको ‘ङ’ केन्द्रलाई महिलामैत्री बनाइएको छ । मतदान अधिकृत शान्ति गुरुङको नेतृत्वमा आठ कर्मचारी सबै महिलामात्रै रहेको उहाँले बताउनुभयो । नवलपुरमा रहेका तीन सय दुई मतदान केन्द्रमा दुई हजार चार सय १६ कर्मचारी खटिएका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत रामग्राम नगरपालिका–१ मा दुईवटा मतदान केन्द्र रहेको एउटा मतदानस्थल र रामग्राम नगरपालिका–१ मा रहेको सयपत्री बोर्डिङ स्कुलस्थित मतदानस्थलमा मतदान अधिकृतसहित सम्पूर्ण कर्मचारी महिलामात्रै खटाइएको छ । मतदानस्थलमा खटिने कर्मचारीसहित सुरक्षाकर्मीसमेत यस मतदानस्थलमा सबै महिला खटाइएको छ । मतदानस्थलमा १६ महिला कर्मचारी खटिएका छन् । साथै नेपाल प्रहरी र म्यादी प्रहरी गरी १३ सुरक्षाकर्मी खटाइएकामा सबै सुरक्षाकर्मी महिला छन् ।

 


Thali Mobile Pvt.Ltd.