भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मनोसामाजिक अपाङ्गता भएकाको मताधिकार सुनिश्चिताको माग

मनोसामाजिक अपाङ्गता भएकाको मताधिकार सुनिश्चिताको माग

पोखरा । आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचनमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्ति सरह समान रूपले प्रतिनिधित्व गर्न पाउने वा मत दिने वातावरण नभएको भन्दै प्रदेश निर्वाचन अधिकृत होमनाथ पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । सो सम्बन्धमा इन्द्रराज सुवेदी, कल्याणबन्धु वाग्लेसहितको टोलीले विभिन्न कानुन निर्देशिका लगायतमा भएको विभेदकारी प्रावधानका कारण मनोसामाजिक अपाङ्गता भएकाहरु मताधिकार एवं उम्मेदवार हुने अधिकारबाट वञ्चित हुनु परेको जनाउँदै शुक्रबार यहाँ ध्यानाकर्षणपत्र बुझाउनु भएको हो ।

प्रचलित ऐन, नियम, नियमावली तथा निर्देशिकाहरूमा मानसिक सन्तुलन ठीक नभएको व्यक्ति चुनावी प्रक्रियामा भाग लिई मतदान गर्न र उम्मेदवार हुन अयोग्य छन् भनी किटान गरिएकाले यस अवस्थामा व्यक्तिहरुले आफ्नो अधिकार उपभोग गर्नबाट वञ्चित भएकाले यसलाई संशोधन गर्नुपर्ने उहाँहरुको माग छ ।

संविधानको प्रस्तावनामा सामाजिक न्याय सुनिश्चितता गर्ने समानुपातिक समावेशी सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरिएको भएपनि विभेदकारी कानुनले यस अवस्थाका व्यक्ति मताधिकारबाट वञ्चित हुनु परेको सुवेदीले बताउनुभयो ।
उहाँले उल्लिखित ऐनमा व्यवस्था गरिएका मानसिक समस्या वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई आफ्नो मताधिकार प्रयोग वा उम्मेदवार बन्नबाट रोक लगाउने बुँदाहरू हटाउनुपर्ने माग ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको बताउनुभयो । प्रदेश निर्वाचन अधिकृत पराजुलीले निकै पहिलेदेखि नै उठिरहेको यस विषय महत्वपूर्ण रहेको जनाउँदै कसैको आत्मसम्मानमाथि चोट पुग्ने र मताधिकारबाट वञ्चित हुने कार्यलाई रोक्न सक्दो पहल गर्ने बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.