भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीको छैटौँ दिन पनि १० हजार ३४१ जना बेपत्ता, ७८१ शव फेला | भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम |

मल्लकालीन शैलीमै सिंहध्वाका दरबार पुनःनिर्माण गर्न भनपाको पहल

मल्लकालीन शैलीमै सिंहध्वाका दरबार पुनःनिर्माण गर्न भनपाको पहल

भक्तपुर । भक्तपुर नगरपालिकाले मल्लकालीन शैलीमै सिंहध्वाका दरबार पुनःनिर्माण गर्न पहल थालेको छ । नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको दरबार क्षेत्रमा अवस्थित सिंहध्वाखा दरबार (राष्ट्रिय कला संग्रहालय रहेको लाल बैठकसहितको) भवन मल्लकालीन शैलीमै पुनःनिर्माण गर्न पहल गरेका हुन ।

उनले पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमसँग भेटी भक्तपुर दरबार क्षेत्रमा अवस्थित विश्व सम्पदा सूचीमा सूचीकृत पच्पन्न झ्याल दरबारसँगै जोडिएको सिंहध्वाखा दरबार पुनःनिर्माण प्राप्त पुराना प्रमाणहरुको आधारमा मल्लकालीन शैलीमा नै पुनःनिर्माण कार्य तत्काल अगाडि बढाई सहयोग गर्न लिखित अनुरोध समेत गरेका हुन ।

उक्त दरबारको पुनःनिर्माण हालसम्म पनि अगाडि नबढ्दा भक्तपुर दरबार क्षेत्र नै अशोभनीय र जोखिमपूर्ण देखिएको हुँदा उक्त दरबार पुनःनिर्माण कार्य छिटोभन्दा छिटो अगाडि बढाउन आवश्यक भएको उनको तर्क छ । सोही क्रममा महानिर्देशक दामोदर गौतमले सिंहध्वाखा दरबार मल्लकालीन शैलीमा नै पुनःनिर्माण गर्न युनेस्को प्रधान कार्यालय पेरिसबाट हालसम्म अनुमति प्राप्त नहुँदा उक्त पुनःनिर्माण कार्य अगाडि बढ्न नसकेको जानकारी दिदै उक्त प्रक्रिया अगाडि बढाउन भक्तपुर नगरपालिका, पुरातत्व विभाग र युनेस्कोबीच थप छलफलको आवश्यकता रहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.