भर्खरै : Sorry, your browser does not support inline SVG.
होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन | घरजग्गा बजारमा सुधारको संकेत : कारोबार र राजस्वमा उछाल, काठमाडौं अग्रस्थानमा | एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण | टीकापुर प्रहरी हिरासतबाट थुनुवा फरार : डीएसपी तिमिल्सिनाको नेतृत्वमा छानबिन समिति गठन | शहीद गङ्गालाल हृदय केन्द्रमा स्वास्थ्य बीमा सेवा पुनः सुरु, ओपीडीबाट सेवा लिन सकिने | राहदानी छपाइमा ‘अर्बौँको अनियमितता’ आरोप, लेखा समितिमा फाइल झिकाएर छानबिन गर्न सांसदहरूको माग | बर्डफ्लु प्रभावित किसानलाई एक साताभित्र क्षतिपूर्ति, सरकारले ५२ करोड रुपैयाँ वितरण गर्ने |

महंगीको मारमा उपभोक्ता

महंगीको मारमा उपभोक्ता

काठमाडौं । नेपालीको सबैभन्दा ठूलो पर्व दशैं सुरु भएपनि। अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड देखिएको छैन । सर्वसाधारणमा उल्लास नदेखिएपनि किनमेलमा पनि तडकभडक छैन ।

भ्याइँनभ्याइँ व्यापार हुनुपर्ने खाद्यान्न र लत्ताकपडा पसलको व्यापार निकै कम भएको व्यापारीहरु बताउँ छन् । बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा यो वर्षको दशैं आर्थिक संकटले झेलिएको छ ।

कोरोना भाइरस महामारीपछिको पहिलो दशैं उपभोक्तालाई निकै महंगो पर्ने भएको छ । बजारमा दैनिक उपभोग्य वस्तु महंगिँदै जाँदा उपभोक्ता मूल्यबृद्धिको चपेटामा परेकाले पनि चहलपहल खासै नभएको उपभोक्ता बताउँछन् ।

चाडपर्वमा अत्यधिक खपत हुने वस्तुको मूल्यवृद्धि भएको छ । दाल, चामल, तेल, लत्ताकपडा, खसीबोकाको मासु तथा च्यांग्राको मूल्य बढेकाले दशैं महंगिएको छ ।

अधिकांश वस्तु आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमै बढेकाले नेपालमा पनि सोहीअनुसार मूल्य बढेको व्यवसायी अशोककुमार श्रेष्ठले बताए ।

सजिलै सामान आयात गर्न नसक्दा साना व्यापारीले पनि लगानी पुर्‍याउन सकिरहेका छैनन् । उपभोक्ताले पनि त्यो सामान किन्न सक्ने अवस्था छैन । यसले व्यापारीलाई भन्दा पनि बढी मार उपभोक्तालाई नै परेको छ ।

 


Thali Mobile Pvt.Ltd.