काठमाडौं । फिल्म महाजात्राको छायांकन सुरू गरिएको छ । षट्कोण आर्टस ब्यानरमा निर्माण हुने फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेका छन् ।
फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ रहेका छन् । फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्य देव, गौमाया गुरुङ, शिशिर वाङदेल,
प्रकार घिमिरे, प्रविन खतिवडा, अर्जुनजंग शाही, अरविन खड्कालगायत कलाकारको अभिनय रहने छ। फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरिरहेका छन् ।
फिल्म चैत ९ गतेदेखि प्रदर्शन हुने आयोजकले जनाएको छ । फिल्म जात्रा र जात्रैजात्राको तेस्रो शृंखला हो ।
यसअघि प्रदर्शन भएका फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।
यस फिल्मले पनि उधुम मचाउने आकलन गरिएको छ ।
