भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

महानगरपालिकाद्वारा निजी विद्यालयलाई चेतावनी, छात्रवृत्ति दिएको खै ?

महानगरपालिकाद्वारा निजी विद्यालयलाई चेतावनी, छात्रवृत्ति दिएको खै ?

काठमाण्डौ । नियमअनुसार छात्रवृत्ति दिन अटेर गर्ने निजी विद्यालयको काठमाण्डौ महानगरपालिकाले सूची सार्वजनिक गरेको छ ।महानगरको शिक्षा विभागले सूची सार्वजनिक गरेका निजी विद्यालयलाई आउँदो २८ गते आइतवारभित्र छात्रवृत्ति दिएको विवरण पठाउन निर्देशन दिएको हो ।

शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न महानगरपालिकाले गएको १० गते सार्वजनिक सूचना निकालेको थियो । उक्त सूचना अनुसार विवरण पेस गरेका विद्यालयलाई महानगरले धन्यवाद दिएको छ भने नियम उल्लङ्घन गरेका तीन सय ४२ वटा विद्यालयको सूची सार्वजनिक गरेको छ ।

तोकिएको मितिभित्र विवरण नबुझाए नियमअनुसार विद्यालयलाई दिइएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.