काठमाडौं । संसद विघटनविरुद्ध नेकपाकै नेता, कार्यकर्ता सडकमा उत्रिएका छन् । कालोफेटाधारी विद्यार्थीले संसद विघटनविरूद्ध माइतीघरमा प्रदर्शन गरेका हुन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठनले पनि प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी नेता, कार्यकर्ताहरुले ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’, ‘सर्वसत्तावादी कदम खारेज गर’, ‘पुस १ को नयाँ संस्करण, पुस ५ को संसद विघटन’, ‘संसद विघटन जनमतको धोका हो’ लगायतका नारा लगाएका छन् ।
