काठमाडौं । माओवादी केन्द्रले सम्मेलनमा प्रतिनिधिका लागि सहभागि शुल्क दुई हजार तोकेको छ । केन्द्रले विधान परिवर्तनका लागि पाँच सदस्यीय उपसमिति गठन गरेको छ। शुक्रवार बिहान बसेको स्थायी कमिटीको बैठकले देव गुरुङको संयोजकत्वमा विधान संशोधन उपसमिति गठन गरेको हो ।
उपसमितिमा स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, जनार्दन शर्मा, मात्रिका यादव र पम्फा भुषाल रहेका छन् । कार्यदलले मंसिर २५ गते भित्र विधानको मस्यौदा तयार गर्ने पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए ।
त्यस्तै बैठकले हितमान शाक्यको संयोजकत्वयमा सम्मेलन व्यवस्थापन उपसमितिसमेत गठन गरेको छ। प्रवक्ता महराको संयोजकत्वमा प्रचार प्रसार उपसमितिसमेत बैठकले गठन गरेको छ। प्रत्येक प्रदेशबाट ३० जना प्रतिनिधि सहभागि हुने गरी कार्यविधि समेत तय गरेको छ।
हेरक प्रदेश कमिटीमा घाइते अपांगलाई समेटनुपर्ने विषयमा समेत छलफल भएको छ। प्रतिनिधि थप गर्ने प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णयसमेत बैठकले तयको छ।
सम्मेलनमा प्रत्येक प्रदेशबाट जनसंख्याको अनुपातमा प्रतिनिध सहभागि गराइने निर्णयसमेत गरेको छ। यता महाधिवेशनमा सहभागि प्रतिनिधिका लागि दुई हजार शुल्क तोक्ने निर्णयसमेत बैठकले गरेको महराले बताए ।
