भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मानव बिक्री गरेको अभियोगमा महिला पक्राउ

मानव बिक्री गरेको अभियोगमा महिला पक्राउ

काठमाडौं । दक्षिण अफ्रिका पु¥याएर मानिस बिक्री गरेको अभियोगमा एक महिलालाई प्रहरीको मानव बेचबिखन ब्यूरोले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोककी अनिता तामाङ भन्ने अनिता सुनुवार रहेको ब्यूरोले जनाएको छ । उनलाई काठमाडौँ महानगरपालिका–७ चावहिलबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो ।

यसअघि मङ्सिर १६ गते सोही घटनामा संलग्न रहेको आरोपमा ताप्लेजुङ, मिरिङदेङ घर भएका ४३ वर्षीय गणेशकुमार लोंवालाई काठमाडौँको महाराजगञ्जस्थित पानीपोखरीबाट पक्राउ गरिएको थियो । उनीहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको छ । उनीहरुले विसं २०७३ को चैत ३ गते वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने प्रलोभनमा पारी पाँचजनालाई विभिन्न मुलुक हुँदै दक्षिण अफ्रिका पु¥याएर बिक्री गरेको खुल्न आएको छ ।

पीडितलाई शारीरिक, मानसिक र आर्थिक शोषण गरी चार÷पाँच महिनासम्म बन्धक बनाएको पीडितले दिएको जाहेरीमा उल्लेख छ । कोही नभएको मौका पारी भागेर नेपाली राजदूतावासमा पुगेपछि पीडितको उद्धार भएको थियो । उनीहरु नेपाल आई ब्यूरोमा दिएको जाहेरीका आधारमा दुई जनालाई पक्राउ गरेको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ ।

नियन्त्रित लागूऔषधसहित पक्राउ

चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध एक सय मिलीग्रामको १० बोतल डाइलेक्स डिसी कोडिन फोसफेटसहित मोरङ कानेपोखरी गाउँपालिका–७ बस्ने २८ वर्षीय भद्रबहादुर खड्कालाई आज प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको प्र३–०३–००१ ख ०१३८ नंको बसमा जाँच गर्दा उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.