भर्खरै : Sorry, your browser does not support inline SVG.

मुडे–चरिकोट सडक सञ्चालनमा

मुडे–चरिकोट सडक सञ्चालनमा

चरिकोट । दोलखाको खरिढुङ्गा क्षेत्रमा बाक्लो हिमपातका कारण शुक्रबारदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ । मुडे खरिढुङ्गा क्षेत्रमा व्यापक मात्रमा हिमपात भएपछि शुक्रबारदेखि सवारीसाधन आवतजावतमा अवरुद्ध भएकामा आज दिउँसोदेखि सवारीसाधन सञ्चालनमा आएका छन् ।चरिकोट क्षेत्र तथा मुडे क्षेत्रको दुवै क्षेत्रबाट स्काभेटरले हिउँ पन्छाइएपछि सवारी साधन सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालयका प्रमुख भेषराज रिजालले बताउनुभयो । दोलखाका उच्च क्षेत्रमा शुक्रबार बिहानदेखि नै बाक्लो हिमपात भएपछि राजधानी काठमाडौँबाट दोलखा जोड्ने खाडिचौर–चरिकोट सडकखण्डअन्तर्गत मुडे खरिढुङ्गा क्षेत्रमा करिब २४ घण्टा सवारी साधन अवरुद्ध बनेका थिए ।

 


Thali Mobile Pvt.Ltd.