भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

मुस्कानको कथामा चलचित्र बन्दै.

मुस्कानको कथामा चलचित्र बन्दै.

नेपाली सिनेमा क्षेत्रका चर्चित अभिनेता रमित ढुंगाना नयाँ चलचित्रको निर्माणमा तम्सिएका छन् । अभिनेता ढुंगाना एसिड पिडित मुस्कान खातुनको विषयमा चलचित्र बनाउन लागेका हुन् । चलचित्रको लेखन तथा निर्देशक शिवम् अधिकारीले गर्नेछन् भने ‘रमित ढुंगाना फिल्मस्’को व्यानरमा निर्माण हुनेछ । सामाजिक विषयमा र सचेतनाको विषयमा आफूलाई चलचित्र बनाउन मन लाग्ने भएकाले मुस्कानको विषयलाई रोजेको रमितले बताए । उनले भने, ‘मुस्कानले भोग्नु परेको पिडालाई हामीले चलचित्रको पर्दामा देखाउन लागेका हौँ । चलचित्रबाट एसिड आक्रमण नगर्ने सन्देश पनि हामीले दिनेछौँ ।’

नेपाली सिने अद्योगमा धेरै चलचित्रमा अभिनय गरिसेकका रमितले यसअघि दुई चलचित्र निर्माण गरिसकेका छन् । रमितले २०६१ सालमा चलचित्र ‘माया नमार’ निर्माण गर्दै सोही चलचित्रबाट डेब्यु गरेका थिए भने चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ पनि ढुंगानाले नै निर्माण गरेका हुन् ।

चलचित्र मुस्कान खातुनको विषयमा बन्न लागेकोले नाम ‘मुस्कान’ नै राखिएको छ । यसका लागि कलाकारहरुको छनोट भइरहेको निर्माता ढुंगानाले बताए । उनले भने, ‘हामीलाई मुस्कान जस्तै केटी चाहिएकाले उसैको खोजीमा छौँ ।’ चलचित्रमा एसिड आक्रमण पछिको अभिनय मुस्कान आफैँले गर्ने रमितले बताए ।

कोरोनाको त्रासका कारण चलचित्रको छायांकन सुरु नभएको रमितले बताए । उनले भने, ‘कोरोनाको डर हट्ने बित्तिकै हामीले छायांकन सुरु गर्नेछौँ ।’ चलचित्रको छायांकन विरगञ्जमा हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.