भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

मेलम्चीका दुई वडामा १०४ गलैँचा बुन्ने बालश्रमिक

मेलम्चीका दुई वडामा १०४ गलैँचा बुन्ने बालश्रमिक

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नं ७ र ८ मा १०४ गलैँचा बुन्ने बालमजदुर भेटिएका छन् । यसमा १०० बालिका र चार बालक रहेका छन् । महिला आत्मनिर्भरता केन्द्रले गरेको अध्ययनअनुसार गलैँचा बुनाई श्रममा संलग्न बालश्रमिकमध्ये ९–१४ वर्ष समूहका ५२ प्रतिशत र १५–१८ वर्ष उमेर समूहका ४८ प्रतिशत छन् । यीमध्ये १५ दशमलव ८५ प्रतिशत बालश्रमिक विद्यालय बाहिर छन् ।

अन्य बालबालिका बिहान बेलुकी गलँैचा बुन्ने र दिउँसो विद्यालय जाने गरेका छन् तर विद्यालयका शिक्षकले उनीहरु भर्ना भए पनि निरन्तर विद्यालय नआउने भएकाले पढाइमा कमजोेर भएको बताएका छन् । महिला आत्मनिर्भरता केन्द्रले बुधबार मेलम्चीमा सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार इँटाभट्टा र जरी उद्योगमा खासै बालश्रममा गएको वा संलग्न भएको पाइएको छैन । गलैँचा बुनाइमा संलग्न बालबालिका अधिकांश वडा नं ७ र ८ मा पाइएको, अन्य वडामा न्यून मात्र रहेको संस्थाका अनुगमन तथा मूल्याङ्कन अधिकृत ध्रुव सापकोटाले जानकारी दिनुभयो ।

घरमा सञ्चालन भएका अधिकांश गलैँचा उद्योग नगरपालिका वा अन्य निकायमा दर्ता भएका छैनन् । वडा कार्यालयसँग पनि यसको अभिलेख नभएको वडा नं ८ का वडाध्यक्ष टंकराज गिरीले जानकारी दिनुभयो । गलैँचा बुनाइमा लागेका बालश्रमिकले ढाड दुख्ने, आँखामा समस्या हुने, चोटपटक लाग्ने जस्ता शारीरिक समस्याका साथै मानसिक समस्यासमेत भएको बताएका छन् ।

१४ वर्षमुनिका बालबालिकालाई कुनै पनि बालश्रममा संलग्न गराउन नपाइने कानुनी व्यवस्था भए पनि खासगरी अभिभावकले नै आफ्ना छोराछोरीलाई उनीहरुको अधिकार हनन गरी श्रममा लगाइरहेका छन् । अध्ययनअनुसार ६१ प्रतिशत श्रमिक बालबालिका आर्थिक समस्याका कारण गलैँचा बुनाइमा लागेको बताएका छन् भने ३९ प्रतिशतले अभिभावकको दबाबमा संलग्न भएको बताएका छन् । ४७ प्रतिशत श्रमिक बालबालिकालाई आफ्नो दैनिक पारिश्रमिक पनि थाहा छैन भने ८७ प्रतिशत श्रमिक बालबालिकाका पारिश्रमिक अभिभावकले नै लिने गर्दछन् । उनीहरुले दैनिक न्यूनतम दुई घण्टादेखि अधिकतम १० घण्टासम्म काम गर्ने गर्दछन् ।

 


Thali Mobile Pvt.Ltd.