भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

‘मैले नै अपहरण गरी बेपत्ता पारेँ

‘मैले नै अपहरण गरी बेपत्ता पारेँ

कर्णाली । यही भदौ ३ गते राति दश महिनाको शिशुलाई आफैले अपहरण गरी बेपत्ता पारेको बयान एक व्यक्तिले दिएका छन् । जुम्लाको हिमा गाउँपालिका–३स्थित जुम्ला च्यामा गाउँका २६ वर्षीय दानबहादुर रोकायाले सोही वडाको मोफ्ला गाउँका– १९ वर्षीया भदुरी कठायतको १० महिने शिशु छोरा खेमराजलाई अपहरण गरी बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालयमा बयान दिएका हुन् ।

प्रहरी निरीक्षक नवीन थापाले भन्नुभयो, “आफ्नो घर नजिकै रहेको पसलमा बस्दै आएकी भदुरी कहाँ यही भदौ ३ गते राति ९ः३० बजे पुगेका अभियुक्त रोकायले भदुरी तिमीलाई आमाले बोलाएकी छिन् भनी झुक्याएका र उनी निस्केपछि भित्र पसेर शिशु अपहरण गरी बेपत्ता पारेका रहेछन् ।”

साबिती बयान पछि अभियुक्तलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई हिरासतमा राखेर थप अनुसन्धान थालिएको बताइएको छ । निजलाई कर्णाली प्रदेश प्रहरी तथा सुर्खेत जिल्ला प्रहरी कार्यालयको समन्वयमा पक्राउ गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.