भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

म्यानमारमा जारी प्रदर्शनका पक्राउ परेका नेता म्याटलिनको हिरासतमा मृत्यु

म्यानमारमा जारी प्रदर्शनका पक्राउ परेका नेता म्याटलिनको हिरासतमा मृत्यु

एजेन्सी । सैन्य ‘कू’ को विरोधमा म्यानमारमा जारी प्रदर्शनका क्रममा पक्राउ परेका सत्तारुढ दलका नेताको हिरासतमा मृत्यु भएको छ । आङसाङ सूकीको दल नेशनल लिग फर डेमोक्रेसी एनएलडीका नेता झा म्याटलिनको हिरासतमा मृत्यु भएको हो ।

याङगुनबाट पक्राउ परेको केही दिनमै उनको मृत्यु भएको र सुरक्षाकर्मीले अत्याधिक याताना दिएको बताइएको छ । अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार विघटित संसदको माथिल्लो सदनका सांसद म्याटलिन हिरासतमा मारिने दोस्रो नेता हुन् ।

यसअघि, एनएलडीका अर्का नेता खिन मौन लाटको गत शनिबार सेनाले नियन्त्रणमा लिएपछि हिरासतमै मृत्यु भएको थियो ।

यसैबीच म्यानमारको सेनाले यांगुनस्थित एउटा अपार्टमेन्टमा ‘बन्धक’ बनाइएका प्रदर्शनकारीलाई सुरक्षित रिहा गरेको छ । संयुक्त राष्ट्रसंघ तथा पश्चिमी राष्ट्रको दबाबपछि म्यानमार सेनाले यांगुनस्थित एउटा अपार्टमेन्टमा ‘बन्धक’ बनाइएका करिब २ सय प्रदर्शनकारीलाई मंगलबार सुरक्षित रिहा गरेको हो ।

गत फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएपछि म्यानमारमा लगातार प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमा सुरक्षाकर्मीको बल प्रयोगका कारण अहिलेसम्म कम्तीमा ५५ जनाएको ज्यान गइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.