युक्रेनको धेरै जसो भाग रुसी फौजको नियन्त्रणमा

युक्रेनको धेरै जसो भाग रुसी फौजको नियन्त्रणमा

काठमाडौं । युक्रेनको २० प्रतिशत भू–भाग रुसी सेनाको नियन्त्रणमा रहेको छ । आफ्नो देशको २० प्रतिशत भू–भाग रुसी फौजको नियन्त्रणमा पुगेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका हुन । पूर्वी युक्रेनमा रुसी सेनाले सबै दिशाबाट आक्रमण गरिरहेको छ। सेभेरोडोनेट्स्क शहरमा लडाई तीव्र भएको छ।जसले गर्दा धेरै जसो भाग रुसी फौजको नियन्त्रणमा पुगेको जनाइएको छ।

जेलेन्स्कीले ३० हजार भन्दा धेरै रुसी सैनिकहरूले यस युद्धमा ज्यान गुमाएको दावी गरेका छन् । दावी गरिएको यो संख्या १९७९ देखि अफगानिस्तानमा एक दशक चलेको युद्ध र ९० को दशकमा भएका दुई चेचेन युद्धको क्षति भन्दा धेरै हो। रुसले भने अहिलेसम्म युक्रेनमा १ हजार ३ सय भन्दा धेरैको ज्यान गएको विवरण दिएको छ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार रुसले कब्जा गरेको भूभाग बेल्जियम, लक्जम्बर्ग र द नेदरल्याण्ड्सको कुल क्षेत्रफल भन्दा धेरै हो । लक्जम्बर्गको संसदलाई सम्बोधन गर्दै जेलेन्स्कीले लगभग १ लाख २५ हजार वर्ग किलोमिटर क्षेत्र मस्कोको हातमा पुगेको जानकारी दिए ।

 

 


Thali Mobile Pvt.Ltd.