युक्रेनमाथि रुसी आक्रमणः हालसम्म मारिने वा घाइते हुने संख्या १० हजार पुग्याे

युक्रेनमाथि रुसी आक्रमणः हालसम्म मारिने वा घाइते हुने संख्या १० हजार पुग्याे

एजेन्सी ।  युक्रेनमाथि रुसी आक्रमण सुरु भएयता हालसम्म मारिने वा घाइते हुने नागरिकको संख्या १० हजार पुगेको संयुक्त राष्ट्र संघले बताएकाे छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकारको उच्च आयोग (ओएचसीएचआर) ले दैनिक सार्वजनिक गर्ने अपडेटमा जुन १६ को मध्य रातसम्म ४५०९ मानिस मारिएको र ५५८५ घाइते भएको उल्लेख गरेको हाे ।

ओएचसीएचआरका अनुसार हालसम्म मर्ने बालबालिकाकाे संख्या २९४ रहेकाे छ।

ओएचसीएचआरले अधिकांश नागरिक हताहती ठूलो क्षेत्रलाई प्रभाव पार्ने विष्फोटक पदार्थको कारण मरेकाे बताएकाे छ । यस्ता हतियारमा भारतीय हातहतियार, मिसाइल तथा हवाई आक्रमण तथा रकेट प्रणाली पर्छन्,’ ओएचसीएचआरको वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा वास्तविक हताहतीको संख्या थप बढी हुनसक्ने पनि उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.