रसुवागढी नाका सञ्चालनमा आएन

रसुवागढी नाका सञ्चालनमा आएन

रसुवा । छिमेकि देश चीनसँग जोडिएको रसुवा गढी नाका अझःै सञ्चानमा आउन सकेको छैन । यो अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चिनियाँ सामग्रीको आयात बढे पनि नाका भने सञ्चालनमा आउन नसकेको हो । यो नाकाबाट आजभोलि दैनिक १४ वटा कन्टेनरमा सामग्री आउन थालेको जनाइएको छ । विगत लामो समय कोभिड–१९ सुरु भएपछि नाकाबाट थोरै सामग्रीको आयात भइरहेको भए पनि महामारी घटेसँगै आयात बढेको जनाइएको छ ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेकोमा पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन । आयात बढाउन गएको बिहीवार दुई पक्षबीच सहमति भएको थियो । बैठकमा नेपाली पक्षले नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन नसकिए पनि दैनिक २५ वटा कन्टेनरमा सामग्री ल्याउन प्रस्ताव गरेको थियो।

 


Thali Mobile Pvt.Ltd.