भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राक्सिराङ गाउँसभाबाट सात प्रस्ताव पारित

राक्सिराङ गाउँसभाबाट सात प्रस्ताव पारित

बागमती । मकवानपुरको उत्तरी दुर्गम क्षेत्रका रुपमा रहेको राक्सिराङ गाउँपालिकाको सम्पन्न १३औँ गाउँसभा वैठकबाट सो गाउँपालिकाको अर्धवार्षिक समीक्षासहित सात प्रस्ताव पारित गरिएको छ ।राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा भएको सो सभामा कार्यपालिका सदस्य तथा वडा नं १ का वडाध्यक्ष बाविराम मोक्तानले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा तथा सात वटा प्रस्ताव अनुमोदनका लागि प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा १४।१६ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा रु ४० करोड २९ लाख बजेट विनियोजन भएकामा सो गाउँपालिकाले चालु आर्थिक वर्षको छ महिनामा अर्थात् हालसम्म रु ६० लाख सात हजार खर्च गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सभा वैठकले न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा मेलमिलापकर्ताको नाम अनुमोदन गर्नेसम्बन्धी प्रस्तावका साथै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्नेसम्बन्धी प्रस्ताव पनि सर्वसम्वत पारित गरेको छ । यसैगरी सभा वैठकले स्थानीय तह संस्थागत स्वमूल्याङ्कन नतिजा माथि छलफल गर्ने प्रस्ताव पारित गरेको थियो भने गाउँपालिका उपाध्यक्ष वनस्तम थिङद्वारा प्रस्तुत वार्षिक बजेट तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव पनि पारित गरिएको थियो ।आकास्मिक कार्यका लागि अधिकार प्रत्यायोजन र हालसम्म भए/निर्णय अनुमोदनसम्बन्धी प्रस्ताव पनि गाउँसभाबाट सर्वसम्वतले स्वीकृत गरिएको छ । साथै आर्थिक वर्ष २०७७/८ सम्मको बेरुजु नियमित गर्नेसम्बन्धी प्रस्तावमाथि पनि छलफल भई गाउँसभाबाट सर्वसम्मतले स्वीकृत भएको छ ।

गाउँपालिकाको उद्घाटनसत्रमा गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान पु¥याउनुहुने व्यक्ति तथा संस्थालाई पुरस्कृत तथा सम्मानित गरिएको थियो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभा अध्यक्षतामा भएको वैठकमा प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले गाउँपालिकाको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.