भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

राजनीतिसँगै कृषि कर्म

राजनीतिसँगै कृषि कर्म

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिग वाइसीएलका जिल्ला इन्चार्ज सन्तोष पनेरु यतिबेला आफ्नै कृषि फार्ममा तल्लीन हुनुहुन्छ । माडी नगरपालिका–५ छरछरेमा उहाँले माडी सामूहिक बहुउद्देश्यीय एग्रो एण्ड भेट फार्म नामक संस्था सञ्चालन गरिरहनुभएको हो । सोही फार्मको सञ्चालकका रूपमा पनेरु अहिले कृषि कर्ममा लाग्नुभएको छ । उहाँसँगै राजनीति गरिरहेका अन्य तीन व्यक्तिको साझा लगानीमा उहाँले फार्म सञ्चालनमा ल्याउनुभएको हो ।

अनेरास्ववियु क्रान्तिकारीका प्रदेश सहसंयोजक सुरजसिंह ठकुरी, वाइसीएल माडी इन्चार्ज हरिकृष्ण लामिछाने र स्थानीयवासी सन्देश पनेरुको संयुक्त लगानीमा अहिले २५ कठ्ठा क्षेत्रफलमा माडीको सदरमुकाम वसन्तपुरबाट करिब पाँच किलोमिटर टाढा फार्म सञ्चालनमा ल्याइएको छ । फार्ममा हाँस, स्थानीय जातका कुखुरा र बङ्गुरपालन गरिएको छ । करिब रु ६५ लाखको लागतमा सञ्चालन गरिएको सो फार्ममा अहिले बेच्ने समयका हाँस १००, हाँसका चल्ला एक हजार, स्थानीय जातका कुखुरा ६०० र बङ्गुर माउ बच्चा गरेर १०० वटा रहेका छन् ।

आफ्नो राजनीतिक यात्रासँगै व्यावसायिक बन्नुपर्ने देखेर आफूले यो व्यवसाय शुरु गरेको उहाँले बताउनुभयो । पछिल्लो समयमा राजनीतिकर्मीलाई आर्थिक समस्या देखिने र भ्रष्टाचार बढ्ने भएकाले यसको न्यूनीकरणका लागि व्यावसायिकरूपमा काम गर्न सकिन्छ भन्ने देखाउन आफूले कृषि व्यवसाय शुरु गरेको उहाँले बताउनुभयो । विसं २०६० मा माडी माविबाट आफ्नो राजनीतिक यात्रा शुरु गर्नुभएका पनेरु पछिल्लो समयमा युवापुस्तामा राजनीतिप्रतिको वितृष्णा अन्त्य गर्दै व्यावसायिकरूपमा लागेर पनि राजनीति गर्न सकिन्छ भन्ने देखाउनका लागि आफूले माडी आएर काम शुरु गरेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “हप्तामा दुई दिन श्रम गर्छु । पाँच दिन राजनीतिक कार्यक्रममा सहभागी बन्छु ।” यहाँका उत्पादनले बजारको माग थेग्न नसकेपछि यस फार्मको क्षमता वृद्धि गर्न लागेको उहाँको भनाइ छ । रोजगारीको सिलसिलामा विदेशिने युवालाई यहीँ रोजगारी दिने र व्यावसायिक बनाउने उद्देश्यका साथ लागिपरेको पनेरु बताउनुहुन्छ । यस फार्मले अहिले तीनवटा कृषक समूहसँग सहकार्य गरेर बङ्गुरपालनको कामसमेत विस्तार गर्दै छ । स्थानीय युवालाई साथमा लिएर काम गरे यही केही गर्न सकिने उहाँको बुझाइ छ । फार्ममा अहिले चार जनाले रोजगारी पाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.