रास्वपाले १९ जिल्लामा तोक्यो गुनासो सुन्ने व्यक्ति, अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म

रास्वपाले १९ जिल्लामा तोक्यो गुनासो सुन्ने व्यक्ति, अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १९ जिल्लामा जन आवाज सुन्ने व्यक्ति तोकेको छ। जसमा पार्टी अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म रहेका छन्। जिल्लामा खटिएका नेताहरूले तीन दिनसम्म गुनासो, सुझाव सङ्कलनको काम गर्नेछन्।

रास्वपाका अनुसार पार्टी सभापति रवि लामिछानेलाई रोल्पाका लागि खटाइएको छ भने उपसभापति डोलप्रसाद अर्याल मधेस प्रदेशअन्तर्गत पर्सा जानेछन्।

यस्तै पार्टी महामन्त्री मुकुल ढकाल कालिकोट, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ बैतडी, सुमना श्रेष्ठ कैलालीको टीकापुर, शिशिर खनाल रसुवा, मनिष झा पर्वत, गणेश पराजुली ओखलढुङ्गाका लागि खटाइएका छन्।

केन्द्रीय सदस्य रमेश प्रसाईं सुर्खेत, सन्तोष परियार कपिलवस्तु, विपीन आचार्य सङ्खुवासभा, डा. तोसिमा कार्की डोटी, हरि ढकाल सोलुखुम्बु, कमल सुवेदी गौर, रौतहटमा खटिनेछन्।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटी कञ्चनपुर, डा. स्वर्णीम वाग्ले तनहुँ, गणेश कार्की सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताल खोटाङ र शंकर श्रेष्ठ इलाम जाने रास्वपाले जनाएको छ।

 

Mohotsav


Thali Mobile Pvt.Ltd.