काठमाडौं । इंगलिस प्रिमियर लिगको टोटेनहम हट्सपरमा स्पेनिस क्लब रियल म्याड्रिडका डिफेन्डर सर्जियो रेगुइलोन अनुबन्धित हुने भएका छन् । म्यानचेस्टर युनाइटेडले रेगुइलोनलाई अनुबन्ध गर्ने प्रयास गरेपनि रियल म्याड्रिड र टोटेनहमबीच खेलाडीको ट्रान्सफरका लागि सहमति बनसंगै रेगुइलोनले क्लबसंग मौखिक सम्झौता गरेका हुन ।
जोसे मोउरिन्होले आफैं सम्पर्क गरेर दिर्घकालिन योजना बताएपछि रेगुइलोन सहमत भएको जनाइएको छ । २३ वर्षीय रेगुइलोन आफैंले दुई क्लबमध्य युनाइटेड रोजेका थिए । रेगुइलोनलाई टोटेनहमले ५ वर्षको लागि अनुबन्धन गर्दै थप एक वर्षको विकल्प राख्ने जनाएको छ ।
२५ मिलियन युरो टोटेनहमले रेगुइलोनका लागि खर्च गनेछ । सहमति अनुसार रियलले खेलाडी फिर्ता लिन चाहेको खण्डमा केहि प्रतिशत रकम बढाएर टोटेनहमले खेलाडी फिर्ता दिनुपर्ने शर्त राखेको छ । युनाइटेडले यो प्रावधान कुनै हालतमा स्वीकार नगर्ने बताएको छ ।

