भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

रुस र युक्रेन वार्ता गराउन टर्की इच्छुक

रुस र युक्रेन वार्ता गराउन टर्की इच्छुक

अङ्कारा । टर्कीले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्य गरी शान्ति वार्ता गराउन इच्छुक रहेको जनाएको छ । रुस र युक्रेनका बीचमा वार्ता गराउने सम्बन्धी कार्यका लागि टर्कीले इच्छा देखाएको र यसका लागि दुवै तर्फबाट स्थायी प्रकृतिको युद्धविराम गर्नुपर्नेमा पनि जोड दिएको जनाएको छ । बिहीबार मात्र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले उहाँका रुसी र युक्रेनी समकक्षीसँग फोनवार्ता पनि गर्नुभएको थियो ।

त्यस वार्ताका क्रममा पनि उहाँले रुस र युक्रेनका बीचमा हाल जारी रहेको युद्धको अन्त्यका लागि स्थायी प्रकृतिको युद्धविराम गर्नुपर्ने आग्रह गर्नुभएको उहाँको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । त्यस फोनवार्ताका क्रममा राष्ट्रपति एर्डोगानले आफू रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्यका लागि मध्यस्थता गर्न तयार रहेको बताउनुभएको थियो । उहाँले रुस र युक्रेन दुबैलाई स्थायी युद्धविराम गर्न आग्रह गर्दै त्यसपछि आफूले शान्ति वार्ताको मध्यस्थता गर्ने बताउनुभएको थियो ।

रुसले अघिल्लो वर्षको फेब्रुअरीदेखि युक्रेनमा हमला गरेको थियो । त्यसपछि अहिलेसम्म पनि रुसले युक्रेनका विभिन्न सहरमा हमला जारी नै राखेको बताइएको छ । शान्ति वार्ताका लागि विश्वका विभिन्न देशले आग्रह गरेको भए पनि यी दुई देशले मानेका छैनन् ।

 


Thali Mobile Pvt.Ltd.