काठमाडौं । पश्चिमा देशहरुलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई टेष्ट नगर्न चेतावनी दिएका छन् । रुसी संसदमा बोल्दै राष्ट्रपति पुटिनले युद्ध भूमिमा पराजित गरेर देखाउन चुनौती दिएका हुन । संसदमा राष्ट्रपति पुटिन भने, “हामी सुनिरहेका छौं उनीहरु हामीलाई युद्ध भूमिमा पराजित गर्न चाहन्छन् ।
कोशिस गरेर हेरुन् ।” पश्चिमा देशहरुले अन्तिम युक्रेनी जीवित रहेसम्म युक्रेन युद्धलाई सहयोग गर्ने कुरा पनि सुनिरहेको भन्दै उनले त्यो नै युक्रेनी जनताका लागि दूर्भाग्यपूर्ण हुने बताए । पश्चिमा देशहरुले रुसी अर्थतन्त्र विरुद्ध नक्कली युद्ध लडिरहेको आरोप लगाउँदै रुस सबै तयारीका साथ अघि बढेको उनले तर्क गरे ।
संसदमा सम्बोधनका क्रममा उनले वार्ताबाटै युक्रेन युद्धको अन्त्य गर्ने विकल्प खुला रहेको र आफूहरु शान्ति वार्ताका लागि तयार रहेको समेत बताए । युद्धको मामिला त्यहीं दिशातर्फ नै अघि बढिरहेको जस्तो देखिएको टिप्पणी गर्दै रुसले युक्रेनमा गरिरहेको सैन्य कारबाही नाम मात्रैको युद्ध हो भन्दै पश्चिमा देशहरुले भने सोही संघर्षमा रुसलाई टेष्ट गर्न खोजेको तर्क समेत गरे । राष्ट्रपति पुटिनले युक्रेन युद्धले एक ध्रुवीय विश्वलाई बहुध्रुवीय बनाउने दावी गरे ।
