काठमाडौं । रुस र युक्रेन युुद्धको करिव एक वर्ष पुुग्न लाग्दा आगामी फेब्रुअरी २४ मा रुसले ठूलो आक्रमणको योजना बनाइरहेको आशंका युक्रेनले गरेको छ।
फेब्रुअरी २४, २०२२ मा आक्रमण सुरु गरेको रुसले यस वर्ष ठूलो आक्रमणको योजना बनाइरहेको युक्रेनको दाबी छ । युुक्रेनका रक्षामन्त्री अलेक्सी रेज्निकोफका अनुसारले मस्कोले आक्रमणको वार्षिकोत्सव मनाउन हजारौँ सैनिकलाई तयारी अवस्थामा राखेको बताए ।
रक्षामन्त्री रेज्निकोफका अनुसार फेब्रुअरी २३ मा सेनाप्रति समर्पित उत्सव डिफेन्डर अफ फादरल्याण्ड मनाएकै भोलिपल्ट रुसले आक्रमण सुरु गरेको थियो। रुसले युक्रेनविरुद्धको आक्रमणमा झण्डै ५ लाख सेना परिचालन गरेको बताए ।
