भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

रुसले सबै युक्रेनीलाई नागरिकता दिने

रुसले सबै युक्रेनीलाई नागरिकता दिने

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सबै नागरिकलाई रुसी नागरिकता दिने आदेशमा हस्ताक्षर गर्दै सबै युक्रेनीलाई देशको नागरिकता दिने बताइएकाे छ ।

पुटिनले सबै युक्रेनी नागरिकलाई रुसी नागरिकता लिनको लागि प्रक्रियागत आदेशमा हस्ताक्षर गरेको  र उक्त आदेश रूसको आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिएको बीबीसीले जनाएको छ। यसअघि मे महिनामा पुटिनले दक्षिणी युक्रेनका केही भागका बासिन्दाहरूलाई रुसी नागरिकताको कार्यान्वयनलाई तीव्रता दिन आदेश जारी गरेकाे सञ्चारमाध्यमले जनाएका छन् ।

रूसले सरलीकरण युक्रेनको डोनेत्स्क र लुहान्स्कका जनतालाई मात्रै नागरिकता दिने सन्दर्भमा लागू गरेकाे थियाे भने युक्रेनविरुद्ध युद्ध लड्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण लुहान्स्क र डोनेत्स्कलाई युक्रेनबाट स्वतन्त्र घोषणा गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.