भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

रुसी राष्ट्रपति पुटिनलाई वार्ता गर्न दवाप

रुसी राष्ट्रपति पुटिनलाई वार्ता गर्न दवाप

काठमाडौं । युक्रेनसँग वार्ता गर्न रुसका राष्ट्रपतिलाई फ्रान्स र जर्मनीको दवाब दिएका छन् । युक्रेनसँग सिधै वार्ता गर्न रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाई युरोपली नेताहरूले दवाब दिएका हुन । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जले पुटिनसँग टेलिफोन वार्तागरि युद्धविराम र युक्रेनबाट रुसी सेना फिर्ताका लागि आग्रह गरेका हुुन् ।

पुटिनसँगको टेलिफोन वार्ताकै क्रममा ती नेताहरूले रुसी सेनाले युक्रेनको मारियुपोलको स्टील कारखानाबाट नियन्त्रणमा लिएका झण्डै २५ सय युद्धबन्दीहरूको तत्काल रिहा गर्न समेत आग्रह गरेका छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने यसअघि नै युद्धविरामका लागि रुससँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

यता रुसी राष्ट्रपति पुटिनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग वार्ता गर्ने बारे कुनै प्रतिक्रिया नदिए पनि युक्रेनी बन्दरगाहरूमा अड्किएको खाद्यान्न ढुवानी गर्ने उपाय अबलम्बन गर्न रुस तयार रहेको जनाएका छन् । रुस र युक्रेनबीचको युद्ध चौथो महिनामा प्रवेश गरिरहदा जर्मनी र फ्रान्सले रुसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न दवाब दिइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.