भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

रुसी राष्ट्रपति पुटिनलाई वार्ता गर्न दवाप

रुसी राष्ट्रपति पुटिनलाई वार्ता गर्न दवाप

काठमाडौं । युक्रेनसँग वार्ता गर्न रुसका राष्ट्रपतिलाई फ्रान्स र जर्मनीको दवाब दिएका छन् । युक्रेनसँग सिधै वार्ता गर्न रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाई युरोपली नेताहरूले दवाब दिएका हुन । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जले पुटिनसँग टेलिफोन वार्तागरि युद्धविराम र युक्रेनबाट रुसी सेना फिर्ताका लागि आग्रह गरेका हुुन् ।

पुटिनसँगको टेलिफोन वार्ताकै क्रममा ती नेताहरूले रुसी सेनाले युक्रेनको मारियुपोलको स्टील कारखानाबाट नियन्त्रणमा लिएका झण्डै २५ सय युद्धबन्दीहरूको तत्काल रिहा गर्न समेत आग्रह गरेका छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने यसअघि नै युद्धविरामका लागि रुससँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

यता रुसी राष्ट्रपति पुटिनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग वार्ता गर्ने बारे कुनै प्रतिक्रिया नदिए पनि युक्रेनी बन्दरगाहरूमा अड्किएको खाद्यान्न ढुवानी गर्ने उपाय अबलम्बन गर्न रुस तयार रहेको जनाएका छन् । रुस र युक्रेनबीचको युद्ध चौथो महिनामा प्रवेश गरिरहदा जर्मनी र फ्रान्सले रुसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न दवाब दिइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.