भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रुसी समकक्षी सर्गेई लभारोभसँग चिनियाँ विदेशमन्त्री वाङ यीले भेटवार्ता गर्ने

रुसी समकक्षी सर्गेई लभारोभसँग चिनियाँ विदेशमन्त्री वाङ यीले भेटवार्ता गर्ने

मस्को । रुसी समकक्षी सर्गेई लभारोभसँग चिनियाँ विदेशमन्त्री वाङ यीले भेटवार्ता गर्ने भएका छन् । सोमबार विदेशमन्त्री यी रुसको भ्रमणमा निस्किएका हुन् । उत्तर कोरिया नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटवार्ता लगत्तै मन्त्री यी रुस जान लागेका हुन् ।

अमेरिकाले मस्को र प्योङयाङबीच हतियार उपलब्ध गराउने विषयमा छलफल भएको आशङ्का व्यक्त गरेको छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार यी सेप्टेम्बर १८ देखि २१ सम्म रुसको भ्रमणमा रहनेछन् । गत हप्ता रुसको विदेश मन्त्रालयले पनि एक वक्तव्य जारी गर्दै दुई नेताबीच दुई पक्षीय सहकार्यका विभिन्न पक्ष तथा युक्रेनको समस्या समाधानका विषयमा छलफल हुने बताएको थियो ।

 


Thali Mobile Pvt.Ltd.