भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रूपन्देहीकाे तिलोत्तमामा स्थगित मतगणना पुनः सुरु

रूपन्देहीकाे तिलोत्तमामा स्थगित मतगणना पुनः सुरु

बुटवल । गणकहरुले एमालेको पक्षमा मत बढाएर अभिलेख राखेको पाइएपछि उत्पन्न विवादका कारण स्थगित भएको मत गणना पुनः सुरु भएको छ । रुपन्देहीको तिलोत्तमामा मंगलबार विहान ३ बजेदेखि मत गणना रोकिएको थियो । दुुई दिनदेखि स्थगित भएको मत गणना सुुरु भएको हो ।

तिलोत्तमाका सहायक निर्वाचा अधिकृत इन्द्र सापकोटाका अनुसार नेकपा एमाले बाहेका दलहरुले नगरपालिकाको वडा नंं. २ र १६ को मत गणना पुनः गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगको निर्देशन बमोजिम उक्त वडाहरुमा मत गणना सुरुबाटै गरिएको हो ।

तिलोत्तमा मेयर पदमा नेपाली कांग्रेसका रामकृष्ण खाँण र नेकपा एमालेका मोहन चापाईंबीच प्रतिस्पर्धा रहेको छ भने उपमेयर पदमा एमालेकी जागेश्वरीदेवि चौधरी र माओवादी केन्द्रका हेमन्त पाण्डेबीच प्रतिस्पर्धा रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.