भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रोङ गाउपालिका अध्यक्षमा काग्रेस र उपाध्यक्षमा एमाले विजयी

रोङ गाउपालिका अध्यक्षमा काग्रेस र उपाध्यक्षमा एमाले विजयी

इलाम । रोङ गाउपालिकाको अध्यक्षमा नेपाली काग्रेसका मणिकुमार स्याङबो तामाङ र उपाध्यक्षमा नेकपा एमालेकी विष्णुमाया भुजेल विजयी भएका छन् ।

४ हजार ६ सय ७९ मत प्राप्त गरेर अध्यक्षमा विजयी भएका हुन भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका मेहरमान तामाङले ४ हजार ३२२ मत प्राप्त गरेर पराजित भएका छन्।

उपाध्यक्षमा विजयी विष्णुमाया भुजेलले ४ हजार ६५६ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी गठबन्धनकी कल्पना खनाल भण्डारीले ४ हजार १९७ मत प्राप्त गरेर पराजित भएकी छन् ।

रोङ गाउपालिकाको ३ वटा वडा अध्यक्षमा नेपाली काग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १, ३ र ५ मा नेपाली काग्रेस वडा अध्यक्षमा विजयी भएको छ भने वडा नम्बर ४ र ६ नेकपा एमालेले विजयी भएको छ । वडा नम्बर २ मा भने स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.