भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रोहिंग्या शरणार्थीलाई स्थानान्तरण गरिँदै

रोहिंग्या शरणार्थीलाई स्थानान्तरण गरिँदै

बंगलादेश । बिहीबारदेखि सयौं रोहिंग्या शरणार्थीहरूलाई चक्रवात र बाढीको खतरा भएको इलाकाको तल्लो टापुमा सार्न शुरू गरेको छ । आँफूहरूलाई असुरक्षित स्थलतर्फ सार्न लागेको भन्दै मानिसहरूलाई त्यहाँबाट भाग्न बाध्य भएको अधिकारवादी समूहहरूले बताएका छन् ।

करीव १० लाख रोहिंग्यामध्ये अधिकांश २०१७ मा छिमेकी म्यानमारमा सैन्य आक्रमण भएपछि विस्थापित भई बङ्गलादेशको दक्षिणी क्षेत्रमा रहेका अव्यवस्थित शिविरहरूको विशाल नेटवर्कमा बस्दै आएका छन् ।शरणार्थीमध्ये धेरैले म्यानमारमा आफूहरूको असुरक्षा भएको भन्दै फिर्ता हुन अस्वीकार गरेका थिए ।

तर बङ्गलादेशले उनीहरूमध्ये धेरै हिंसात्मक लागु औषध कारोबारको गिरोह रसक्रिय चरमपन्थीको साथमा सम्लग्न रहेको हुनसक्ने भन्दै उनीहरूलाई फिर्ता गर्न वा आफ्नो वस्तीहरूबाट टाढा पठाउन खोज्दै आएको छ । यसैकारण सरकारले शिविरहरू हटाउन हतार गरेको देखिन्छ ।

चटगाउँबाट शरणार्थीहरूलाई बङ्गलादेशको नौसैनिकको पानीजहाजबाट भसन चार टापुमा लग्न लागिएको अधिकारीहरूले बताए । बङ्गालको खाडी नजिकै रहेको ५२ वर्गकिलोमिटर खाली जमिनमा शिविर बनाई सरकारको पहलमा सेनाले उनीहरूलाई त्यहाँ राख्न लागेको हो ।

 


Thali Mobile Pvt.Ltd.