भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

अच्चमको विवाह, बेहुलालाई छ लाख जरिवाना

अच्चमको विवाह, बेहुलालाई छ लाख जरिवाना

असार २०७७ काठमाडाैं । विवाहको भोज खाएर घर घर फर्किए पछि बेहुलालाई ६ लाख तिर्नु परेको छ । यो दण्डनीय विवाह भारतको राजस्थानको हो । महंगो खर्च गरेर वैवाहिक कार्यक्रम सम्पन्न गरेको परिवारले अप्रत्याशित ६ लाख तिर्नु पर्दा अच्चममा मात्रै परेनन्, ऋिणको भारी बोक्नु पर्यो ।

विवाहमा पाहुनाको रुपमा भोज खान आएका १६ जना छिमेकी कोरोनाभाइरसको सङ्क्रमणमा परेर एक जनाको मृत्यु समेत भए पछि सोहि विवाहका बेला संक्रमण भएको उनीहरुले बताए । सुरक्षा कानूनको उल्लङ्घन गरेको ठहर गर्दै बेहुलाको परिवारलाई छ लाख जरिवाना तिर्नुपरेको भारतीय प्रहरीले बताएको छ । कोरोना सङ्क्रमको बेला वैवाहिक कार्यक्रममा अधिकतम ५० जना पाहुना सहभागी हुन पाउने कानुनी व्यवस्था गरिएको छ ।

तर उक्त उत्सवमा कम्तीमा एक हजार पाहुना सहभागी भएको उल्यख गरिएको छ । सजाय स्वरुप बेहुलाको परिवारले सङ्क्रमित १५ जना र क्वारेन्टाइनमा रहेका ६० जनाको उपचार खर्च व्यहोर्नु पर्नेछ । आइसोलेसन वार्ड र अन्य सेवामा लाग्ने खानासहितको खर्चसमेत जोडिने प्रहरीले बताएको छ ।

यसभन्दा पहिले पनि गत साता मात्रै बिहार राज्यमा एक विवाह उत्सवमा सहभागी एक सय जना कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । लक्षण देखिएको बेहुलीको विवाह गरेको भोलिपल्टै मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.