भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

वर्षा र डुबानका कारण विद्युत् आपूर्ति बन्दः शबस्टेशन सञ्चालनका लागि केही दिन लाग्ने

वर्षा र डुबानका कारण विद्युत् आपूर्ति बन्दः शबस्टेशन सञ्चालनका लागि केही दिन लाग्ने

नवलपरासी । केही दिनको अविरल वर्षा र डुबानका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीअन्तर्गतको शबस्टेशनमा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको छ । वर्षा र डुबानका कारण सो शबस्टेशनको ब्रेकरलगायत अन्य उपकरणमा पानी जमेकाले विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वर्षा र डुबानका कारण ब्रेकरलगायत अन्य उपकरणमा पानी जमेकाले तत्कालै शबस्टेशनबाट विद्युत् आपूर्ति गर्न सक्ने अवस्था रहेको छैन् ।”

सो शबस्टेशनबाट विद्युत् आपूर्ति बन्द भएपनि तत्कालका लागि गण्डक पावर हाउस, बर्दघाट र सुनवल बजार क्षेत्रको शबस्टेशनबाट परासी वितरण केन्द्रअन्तर्गतका ग्राहकलाई विद्युत् आपूर्ति गरिएको उहाँको भनाइ छ । डुबानका कारण परासीस्थित शबस्टेशनको कम्पाउण्ड वालमा क्षति पुग्दा स्टेशनभित्र पानी पसेर विद्युत् आपूर्तिमा महत्पूर्ण भूमिका निर्वाह गर्ने ब्रेकरसहित उपकरणमा निकै ठूलो क्षति पु¥याएको छ । केन्द्रका अनुसार यस शबस्टेशनबाट विद्युत् आपूर्ति गर्न अझै केही दिन लाग्ने छ ।

प्रमुख श्रीवास्तवले शबस्टेशन सञ्चालनका लागि आवश्यक जनशक्ति व्यस्थापनको तयारी गरिसकिएको र आजैबाट मर्मतसम्भारका काम सुरु गरिने जानकारी दिए । सो केन्द्रअन्तर्गत करिब ४४ हजार ग्राहक छन् । तीमध्ये तत्कालका लागि ३५ हजार ग्राहकलाई गण्डक पावर हाउस, बर्दघाट र सुनवल बजार क्षेत्रको शबस्टेशनबाट विद्युत् आपूर्ति गरिएको हो । ससाना उद्योगलाई विद्युत् आपूर्ति गरिए पनि ११ हजार केभिएको ट्रान्सफर्मरमार्फत सञ्चालनमा रहेका ठूला उद्योगधन्दालाई तत्काल सञ्चालन नगरिदिन आग्रह गरिएको प्रमुख श्रीवास्तवले जानकारी दिए । परासी वितरण केन्द्रअन्तर्गत सूर्यपुरा, सुनवल, महेशपुर र बञ्जरियास्थित कार्यालय पर्दछन् । यो केन्द्रअन्तर्गत कूल ४४ हजार ग्राहक छन् ।

 


Thali Mobile Pvt.Ltd.