वर्षाका कारण यसबर्षको दसैं खल्लो

वर्षाका कारण यसबर्षको दसैं खल्लो

तनहुँ । गत मङ्गलबार साँझदेखि परेको अबिरल वर्षाले गर्दा नेपालीहरुको महान पर्व बडादसैँको रौनकता बढाउन सकेन । चाडपर्वको समयमा आफन्त,इष्टमित्र,मान्यजनको हातको टीका थाप्न र आर्शिबाद लिन बर्षाका कारण कठिनाई भएको व्यास–१० निवासी तुलबहादुर सुनार बताउनुहुन्छ ।अबिरल वर्षाकै कारण ससुराली घर चितवनमा जान समेत रोकिनुपरेको उहाँको दुखेसो छ । जाउँ जाउँ त लागेको छ, लामो दूरीको सडक त्यसमा पनि ठाउँ ठाउँमा पहिरो खस्ने चिन्ताले जाने चाहना हुँदाहुँदै पनि नसकिएको सुनार बताउनुहुन्छ ।कोरोनाका कारण तीन बर्ष खुलेआम चाडपर्व मनाउन नपाएका नेपालीहरुले यसबर्ष दसैं हर्षोल्लास र उमङ्गका साथ मनाउने सपना देखेपनि त्यो पूरा हुने नहुने अवस्था सिर्जना भएको हो ।

वर्षा जारी रहेका कारण मौसमले समेत साथ नदिँदा पीङ खेल्न, रमाइला स्थानमा घुम्न जान नपाइएको व्यास–२ निवासी एवं संचारकर्मी विकास खनाल बताउनुहुन्छ ।दसैंको दिन टीका,जमराका साथै नयाँ नयाँ कपडा लगाएर मान्यजनहरुको हातबाट टीका थाप्न जान बर्षाका कारण समस्या भएकोे उहाँको भनाइ छ ।अबिरल वर्षाका कारण दसैँमा पीङ्ग खेलेर रमाइलो गर्ने र साथीभाईसँग भेटघाट गरी प्रत्यक्ष कुराकानी गर्ने अबसरबाट गर्न बञ्चित हुनुपरेको व्यास नगरपालिका–१ निवासी जानुका नेपालीको पनि गुनासो छ ।उहाँ भन्नुहुन्छ, अघिल्ला बर्षको चाडपर्व कोरोना सङ्क्रमणका कारण बाहिर खुलेर रमाउन नपाइएकामा यसबर्ष पनि मौसमले साथ नदिँदा खल्लो भयो ।

 


Thali Mobile Pvt.Ltd.