भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

‘विकास र समृद्धिको चाहना अघि बढ्न सकेन’

‘विकास र समृद्धिको चाहना अघि बढ्न सकेन’

दाङ, । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनताको विकास र समृद्धिको चाहना अघि बढ्न नसकेको बताउनुभएको छ । प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भष्ट्राचार र महँगी बढेर मुलुकको आर्थिक अवस्थासमेत यतिखेर कमजोर बनेको आरोप लगाउनुभएको छ ।

महासचिव पोखरेलले अहिलेको बजेट जनताको हित र कल्याणमा छैन भन्नुभयो । उहाँले शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवमाथि पक्राउ पुर्जी जारी गर्नु गलत भएको टिप्पणी गर्नुभयो । पाँच दलीय गठबन्धनका बीचमा आफनो पार्टीको जनमत नघटेको दाबीसमेत उहाँले गर्नुभयो । कार्यक्रममा दाङको समग्र विकासका लागि आफू गम्भीर रुपमा लागिरहेकोसमेत महासचिव पोखरेलले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.