भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

विद्यार्थीले मनाए ‘ह्यापी फाडर्स डे’

विद्यार्थीले मनाए ‘ह्यापी फाडर्स डे’

भक्तपुर । भक्तपुरको एभरेष्ट इंगलिश स्कुल मिवाछेंका कक्षा २ का विद्यार्थीले ह्यापी फाडर्स डे मनाएका छन् । बुबाको सम्मानमा व्यासी स्थित उक्त विद्यालयले ह्यापी फाडर्स डे सेलिब्रेशन मनाएका हुन ।

कार्यक्रममा कक्षा २ को मकालु, कञ्चनजंगा र धौलागिरी गरी तीन सेक्सनका विद्यार्थीहरुले बुबाहरुलाई स्टेजमा बोलाएर सम्मान गरेका थिए ।

एउटा सेक्सनमा रहेका सबै विद्यार्थी स्टेजमा पुगेर स्टेजमै पुगेका विद्यार्थीका अभिभावकहरुलाई आ–आफूले सम्मान गरे । टिका लगाइदिएर आ–आफूले बनाएको कार्ड बुबालाई दिएका थिए ।

१२ औं फाडर्स डेको अवसरमा कार्यक्रम गरेको स्कुलले जनाएको छ । स्कुलले कक्षा २ का विद्यार्थीका अभिभावकलाई नियमन्त्रा गरेएको थियो ।

अभिभाबक नपुगेका विद्यार्थीहरुले प्रिन्सिपल भक्त राजभण्डारीलाई पूजा गरेका थिए । बुबाको मुख हेर्ने दिन यसवर्ष बिहीबार परेको छ ।

कार्यक्रमअघि विद्यार्थीले मनोरञ्जनात्मक गतिविधि गरेका थिए । गीत गाएर, नृत्य प्रदर्शन गरी उनीहरुले मनोरञ्जन गरेका थिए ।

कार्यक्रममा उनीहरुले बुबाको छोरा नामक नाटक पनि देखाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.