विराटनगर विमानस्थल सञ्चालन

विराटनगर विमानस्थल सञ्चालन

काठमाडौं । बाढीले बन्द विराटनगर विमानस्थल सञ्चालनमा आएको छ । भीएफआर उडानका लागि मात्रै र उपकरणको परीक्षणपश्चात आइएफआर उडान हुने विराटनगर विमानस्थलले जनाएको छ । कात्तिक ३ गतेदेखि नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको विमानस्थल पुनः सञ्चलनमा आउन थालेको हो ।

स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरियालगायतका स्थान डुबानमा परेका थियो । काठमाडौं–विराटनगर उडान प्रभावित भएको थियो भने नियमित उडानका सबै एयरलाइन्सले उडान रद्द गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.