भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

विष्णुचन्द्र अभिनव गद्य कविता पुरस्कार युवा कवि सङ्ग्रौलालाई

विष्णुचन्द्र अभिनव गद्य कविता पुरस्कार युवा कवि सङ्ग्रौलालाई

काठमाडौँ । यस वर्षको विष्णुचन्द्र अभिनव गद्य कविता पुरस्कार युवा कवि पवन सङ्ग्रौलालाई दिने घोषणा गरिएको छ । रु पाँच हजार राशि र सम्मानपत्र सहितको यो पुरस्कार अभिनव साहित्य समाजले प्रत्येक वर्षको जेठको अन्तिम शनिबार प्रदान गर्ने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोनाबाट सुरक्षित रहन जारी निषेधाज्ञाका कारण उपयुक्त समयमा दिने गरी आज जुमबाट आयोजित कार्यक्रममा पुरस्कार घोषणा गरिएको हो ।

समाजद्वारा आयोजित २३२ औँ श्रृङ्खलाको साहित्यिक कार्यक्रममा अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले पुरस्कार घोषणा गर्नुभएको हो । विसं २०६० मा जोरपाटी निवासी समाजसेवी श्रीकृष्ण पुडासैनीले रु एक लाखको अक्षय कोष स्थापना गरी पुरस्कार घोषणा गर्नुभएको थियो । समाजले विसं २०६१ देखि कोषको ब्याजबाट प्राप्त रकमले वार्षिक रूपमा युवा कविलाई पुरस्कार वितरण गर्दै आएको छ । गद्य कवितामा युवालाई आकर्षित गर्ने उद्देश्यले पुरस्कार दिन थालिएको हो ।

विसं २०५८ फागुन २५ शनिबारदेखि शुरु भएको साहित्यिक कार्यक्रमको २३२ श्रृङ्खलामा आज ५० जना कवि एवं कवयित्रीले रचना पाठ गर्नुभएको थियो । समसामयिक राजनीतिक विषयमा व्यङ्ग्य र कोरोना भाइरससँग सम्बन्धित विषयमा लेखिएका रचना कार्यक्रममा पाठ गरिएको थियो । कार्यक्रममा साहित्यकारहरू बमबहादुर थापा जिताली, डिल्लीराज अर्याल, शीतल गिरीलगायतले समाजले २० वर्षअघिदेखि राजधानीको उत्तरपूर्वी भेगमा साहित्यिक गतिविधिमा विशेष योगदान पु¥याएको बताउनुभएको थियो । विसं २०५८ फागुन २५ गते शनिबारदेखि प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा समाजले साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.