भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको अग्रता

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको अग्रता

वीरगञ्ज । मधेश प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले दुई हजार २८२ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ ।यसैगरी नेकपा ९एमाले०का उम्मेदवार विजयकुमार सरावगीले ९१६ मतसहित उहाँसँग प्रतिस्पर्धामा हुनुहुन्छ । महानगरपालिकाको मतगणना अनुसार हाल वडा न १, २, ३१ र ३२ को मतगणना जारी छ । मतणना गर्न लामो समय लाग्ने भएकाले अन्तिम नतिजा आउन एक साता लाग्ने छ ।

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० ९एस० र जनता समाजवादी पार्टी ९जसपा०का बीच एक समूह बनाएर तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको छ भने नेकपा ९एमाले० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०बीच आर्को समूह बनाएर निवर्तमान् प्रमुख सरावगीलाई उम्मेदवार बनाएको हो ।

यद्यपि पर्साका वीरगञ्ज महानगरपालिका बाहेकका अन्य पालिकामा राजनीतिक दलबीच खासै तालमेल भएको छैन । पर्सामा मधेश प्रदेशको एक मात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । पर्साका अन्य पालिकामा पनि मतगणना जारी छ । जिल्लाको १४ वटौ पालिकामा मतगणनाका लागि मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसिटिभि जडान गरी व्यवस्थापना मिलाइएको छ ।पर्सामा रहेका कूल १४ वटा पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनमा लागि कूल तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा रहेका हुन् । पालिका रहेको पर्सामा हाल एक लाख ४८ हजार २८३ जना महिला र एक लाख ९१ हजार ५३७ जना पुरुष र १६ जना तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ जना मतदाता रहेका थिए ।

 


Thali Mobile Pvt.Ltd.