वैकल्पिक सडकमार्फत तंग्रीदै मेलम्ची र हेलम्बु

वैकल्पिक सडकमार्फत तंग्रीदै मेलम्ची र हेलम्बु

काठमाण्डौ । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा वैकल्पिक सडक सञ्चालनमा आएको छ । बाढी र पहिरोका कारण हेलम्बु र मेलम्चीका मुख्य सडक अवरुद्ध बनेको लामो समयपछि बैकल्पिक सडक सञ्चालनमा आएको हो ।

पहिले नै निर्माण गरिएका ग्रामीण सडकलाई मर्मत गरी ग्राभेल गरेर यातायातका साधन सञ्चालन गर्न हेलम्बु र काठमाण्डौलाई जोड्न साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुमसम्म पुग्न सकिने मार्ग तयार भएको स्थानीयबासीन्दाको भनाई छ ।

पहाडी भञ्जाङ हुँदै काठमाण्डौको साँखु र सुन्दरीजल निस्कन सकिन्छ । सिन्धु हेलम्बु र आमा याङ्ग्री ह्योल्मोका वैकल्पिक बाटोका रूपमा नारायणटार, भोटचौर, धुसेनी, मानेभञ्ज्याङ, चापबोट, तालामाराङ बजार हुँदै तत्कालका लागि ढुङ्ग्रेबजारसम्म गाडी चलाउने तयारी गरिएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.