शाओमीको पहिलो फाइभजी स्मार्टफोन ‘इलेभेन लाइट एनई फाइभजी’ सार्वजनिक

शाओमीको पहिलो फाइभजी स्मार्टफोन ‘इलेभेन लाइट एनई फाइभजी’ सार्वजनिक

काठमाडौं । चिनियाँ ब्राण्ड शाओमीले आफ्नो पहिलो फाइभजी फोनको रुपमा ‘शाओमी ११ लाइट एनई ५ जी’ स्मार्टफोन  नेपाली बजारमा सार्वजनिक गरेको छ । शोओमी इलेभेन सिरिजमा नयाँ उत्पादनका रुपमा यो फोन नेपाली प्रयोगकर्तामाझ उपलब्ध गराएको कम्पनीले जनाएकाे हाे । यो फोनमा क्वालकम स्न्यापड्रयागन ७७८ जी प्रोसेसर रहेको छ ।नयाँ ब्राण्डिङ अनुसार पहिलो स्मार्टफोनको रुपमा इलेभेन लाइट एनई फाइभजी नेपालमा भित्र्याएको कम्पनीले जनाएकाे छ ।

आकर्षण डिजाइन
तौल १५८ ग्राम, ६.५५ इन्चको एफएचडी एमोलेड डटडिस्प्ले रहेको फोन पातलो फोनको रुपमा कम्पनीले शाओमी इलेभेन लाइट एनई फाइभ जी नेपाल भित्र्याएको हाे । यसमा स्मुथ एन्टी–ग्लेयर म्याट–फिनिश फ्रोस्टेड ग्लास प्रयोग गरिएको कम्पनीले जनाएकाे छ । कर्भ्ड आर्क डिजाइन युक्त फोनको साइडमा फिंगरप्रिन्ट सेन्सर उपलब्ध रहेको छ । स्क्रिनको सुरक्षाका लागि फोनमा कोर्निङ गोरिल्ला ग्लास फाइभ प्रयोग गरिएको छ ।

उत्कृष्ट प्रविधि
फोनमा क्वालकम स्न्यापड्रयागन ७७८ जी प्रोसेसर रहेको छ । जसले गेम खेल्ने प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान जनाइएको छ । स्मार्टफोनमा लिक्विड कुल टेक्नोलोजीको प्रयोग गरिएको छ । जसले गर्दा गेम खेल्दा तात्ने समस्या पनि नहुने दावी कम्पनीको छ । फोनले १२ ओटा फाइभजी ब्याण्ड सर्पोट गर्नेछ ।

कम्पनीले स्मार्टफोनको दीर्घकालिन प्रयोगका लागि तीन वर्षसम्म एन्ड्रोइड अपडेट र ४ वर्षको सुरक्षा अपडेट उपलब्ध गराउने जनाइएको छ । यो फोन डल्बी भिजन नेटफ्लिक्सबाट प्रमाणित छ ।

जसले प्रयोगकर्तालाई डल्बी भिजन सपोर्ट गर्ने नेटफ्लिक्सका कन्टेन्टको मज्जा लिन मद्दत गर्ने जनाइएको छ । फोनमा ४२५० एमएएच क्षमताको ब्याट्री छ । जुन ३३ वाटको फास्ट चार्जिङ सिस्टमका साथ २० मिनेटमा ५० प्रतिशत चार्ज हुने जनाइएको छ ।

क्यामेरा
ट्रिपल क्यामेरा सेटअप युक्त फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । साथै ८ मेगापिक्सेलको अल्ट्रा वाइड र ५ मेगापिक्सेलको टेली–म्याक्रो क्यामेरा रहेको छ । त्यस्तै सेल्फीका लागि फोनमा २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ ।

मूल्य तथा उपलब्धता
शाओमी इलेभेन लाइट एनई फाइभजी डायमण्ड ड्याजल, टस्कनी कोरल, ज्याज ब्लू र विनाइल ब्लयाक गरी चार कलर भेरियन्टमा नेपालमा उपलब्ध भएको छ । जसको बजार मुल्य (८ जीबी र्‍याम २५६ जीबी रोम) ४८ हजार ९ सय ९९ रुपैयाँ र (८ जीबी र्‍याम १२८ जीबी रोम) को मूल्य ४५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.