भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शिक्षक तथा प्राध्यापकलाई दिइने सेवा एवं सुविधामा विभेद

शिक्षक तथा प्राध्यापकलाई दिइने सेवा एवं सुविधामा विभेद

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले आगामी अर्थिक वर्षको बजेटमा निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधाको तुलनामा शिक्षक तथा प्राध्यापकलाई दिइने सेवा एवं सुविधामा विभेद गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । बजेटले निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराउने, निजामती कर्मचारीलाई रु १० लाखको सामूहिक दुर्घटना बीमा र रु एक लाखको स्वास्थ्य बीमा प्रिमियम बापतको रकम सरकारले ब्यहोर्ने व्यवस्था गरिएको छ ।

विभागका सचिव डा कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत उक्त दुवै सेवा तथा सुविधाबाट शिक्षक र प्राध्यापकलाई वञ्चित गरिएकामा आपत्ति प्रकट गर्दै सरकारलाई त्यस्तो विभेदको अन्त्य गर्न आग्रह गर्नुभएको छ । साथै विभागले सरकारले शिक्षक तथा प्राध्यापकवर्गको मागलाई आन्दोनबाट मात्र बाध्य भएर सम्बोधन गर्ने गरिएको पारिपाटीको अन्त्य गर्दै भविष्यमा यस्तोे विभेदकारी स्थितिको अन्त्य गर्ने व्यवस्था मिलाउनसमेत आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.