काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवि पत्रकारहरुलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन् ।राहत प्याकेज लागि आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई मन्त्री गुरुङले आग्रह समेत गरे । ‘सरोकारवाला निकायले दिएको सुुझावको आधारमा सरकारले राहतकार्यक्रम ल्याउने बताए ।’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आईतबार काठमाडौंमा आयोजित ‘आम सञ्चार र श्रमजीविपत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे समयमै सुुझावदिन आग्रह गरेका हुन् ।पत्रकारहरुले आफ्नो आचार संहिता पालनागर्ने कामलाई प्रभावकारी बनाउने उपायको विषयमा मन्त्रालयले सरोकारवाला निकायबाट सुुझावको अपेक्षा गरेको पनि स्पष्ट पारे । उहाँले सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताए ।
