भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

श्रीनगरको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

श्रीनगरको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

सल्यान । सल्यानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशैं, तिहार, छठ लगायत चाडपर्वको बेला यात्रुलाई सुरक्षित हिसाबले गन्तव्यतर्फ पुग्ने वातावरण सृजना गर्ने उद्देश्यले जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरको बसपार्कमा बुधवार यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले बताएको छ । बढी भाडा लिएको, सवारीसाधनमा स्वास्थ्य सुरक्षा सतर्कता नअपनाएको र यात्रुलाई अन्य कुनै समस्या भएको विषयमा उक्त कक्षमा सम्पर्क राख्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी सहायक निरीक्षक सन्दीप विकले जानकारी दिए ।

चाडपर्वको समयमा हुने यात्रु तथा सवारीसाधनको चाप व्यवस्थापनमा समेत सहायता कक्षले सघाउने उनको भनाइ छ । ‘कोरोना संक्रमण बढ्दै गएकाले चाडपर्वमा हुन सक्ने यात्रुको भीडभाड व्यवस्थित गर्न सहायता कक्ष सञ्चालन गरेका हौं,’ उनले भने, ‘महामारीको समयमा स्वास्थ्य सुरक्षा सतर्कतालाई मुख्य प्राथमिकतामा राखेका छौं ।’

अनिवार्य रूपमा मास्क, स्यानिटाइजर प्रयोग गर्नुपर्ने, सीट क्षमताको आधा मात्रै यात्रु राख्नुपर्ने, तोकिएको भन्दा बढी भाडा लिन नपाइने नियमलाई कडाइका साथ पालना गराइने उनले बताए । यात्राको क्रममा कुनै समस्या आएमा यात्रु सहायता कक्ष वा प्रहरी बिटमा खबर गर्न पनि उनले आग्रह गरे । यस्तै चाडपर्वलाई लक्षित गरेर जिल्लाका कपुरकोट र थारमारेमा पनि चाँडै यात्रु सहायता कक्ष स्थापना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.