भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

सचेत रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको आग्रह

सचेत रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको आग्रह

२६ असार २०७७ काठमाडाैं ।  वर्षासँगै बाढी आउने सम्भावना बढेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैलाई सचेत रहन आग्रह गरेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने भन्दै प्राधिकरणले बाढीबाट बच्न सचेत गराएको हाे ।

यस वर्ष प्रशस्त पानी परिरहेकाले बाढी, डुबान र पहिरोको जोखिम बढेको प्राधिकरणकाे ठाेकुवा छ । अविरल वर्षाले पहाडी भेगको भू–भाग भित्रसम्म गलेकाले कतिपय ठाउँमा पहिरो जानेबारे चनाखो रहन प्राधिकरणले आग्रह गरेको छ । तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना रहेकाे बताएकाे छ ।

त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि बाढी र पहिराेकाे उच्च जाेखिम बढेकाले सतर्क रहन प्राधिकरणले अनुराेध गरेकाे छ । कन्काई, कोसी, कमला, बाग्मती, नारायणी तथा सहायक नदीमा पानीको बहाव बढेर बाढीकाे खतरा पूर्वानुमान गरिएको छ । खहरे खोला तथा नदीहरूमा ठूलो बाढी आउन सक्ने भन्दै सबै क्षेत्रका बासिन्दालाई सतर्क रहन विशेष आग्रह गरेको हाे ।

 


Thali Mobile Pvt.Ltd.