काठमाडौं । संसद विघटनविरुद्ध प्रमुख विपक्षी कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ ।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको कांग्रेसले जनाएको छ । भक्तपुरमा भएको सभालाई कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले सम्बोधन गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेस कार्यकर्ताले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरे भने विजुलीबजारबाट निस्केको जुलुस नयाँ बानेश्वरसम्म पुगेर अन्त्य भएको थियो ।
