भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

सरकारको मिटरब्याज पीडितलाई आश्वासन नै आश्वासन

सरकारको मिटरब्याज पीडितलाई आश्वासन नै आश्वासन

काठमाडौं । मिटरब्याजबाट पीडितलाई सरकारले आश्वासननै आश्वासन दिदै आएको छ । मिटरब्याज पीडितहरुले आफूहरुलाई न्याय चाहियो भन्दै देशका विभिन्न भागमा आन्दोलन गरिरहेको अवस्थामा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय भएसँगै राजनीतिक दलको चरित्र स्पष्ट भएको प्रतिक्रिया दिएका छन्।

आज म धेरै आहत भएको छु। आज प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित हुनुपर्थ्यो। तर गरिएन’, उनले लेखेका छन्, ‘आजैदेखि यस सम्बन्धमा जारी गरिएको अध्यादेश निष्क्रिय भएको छ। यसबाट को पीडित जनताको पक्षमा छ र को विपक्षमा छ भन्ने स्पष्ट भएको छ।’ बुधबार राति सामाजिक सञ्जालमा लेखेर उनले ‘को पीडितको पक्षमा, को विपक्षमा’ भन्ने प्रष्ट भएको बताएका हुन्।‘

‘सामन्ती शोषणको यो अवशेषलाई हरहालतमा अन्त्य गरिनेछ’, उनले लेखेका छन्, ‘पीडितलाई न्याय दिने यो अभियानलाई असफल पारियो भनेर पीडक वा तिनका पक्षधरहरूले सोचेका छन् भने त्यो ठूलो भ्रम हो।’ उनले लेखेका छन् ।

उनले निराश नहुन र सक्रियताका साथ मुक्ति अभियानमा निरन्तर लागिरहन अपिल समेत गरेका छन्। ‘न्याय र विजय सुनिश्चित छ’, उनले भनेका छन्। विधेयक निष्क्रिय भए पनि आयोगले काम जारी राख्ने, प्रजिअ कार्यालयमा सहजीकरण समितिको काम निरन्तर अघि बढाउने उनले बताएका छन्। मन्त्री श्रेष्ठले विधेयक संसदको प्रक्रियामा रहेकाले अघि बढाएर कानून बनाएरै छाड्ने बताएका छन्।सरकारको मिटरब्याज पीडितलाई आश्वासन नै आश्वासन

 


Thali Mobile Pvt.Ltd.