भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

सरकारले बरू जेल हालाेस्, इम्बाेस्ड नम्बर प्लेट जडान गर्दिनः भीम रावल

सरकारले बरू जेल हालाेस्, इम्बाेस्ड नम्बर प्लेट जडान गर्दिनः भीम रावल

काठमाडौं । नेपाल सरकारले बागमती र गण्डकी प्रदेशमा नयाँ तथा नवीकरण गर्ने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिर्वाय गरेसंग देशमा विभिन्न बहस सृजना भएको छ । इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर रहेको, इम्बोस्ड नम्बर प्लेट बनाउने कम्पनीसँग आर्थिक लेनदेनमा जबर्जस्ती जडान गराउन खोजेको भन्दै सरकारको यो निर्णयमा आम सर्वसाधारण जनताले विरोेध जनाएका हुुन् ।

इम्बोस्ड नम्बर प्लेटको बहस पेचिलो बन्दै गइरहेको बुधबारको संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा एमाले सांसद भीम रावलको अभिव्यक्तिले प्रष्ट पारेको छ ।

नेकपा एमालेका सांसद रावले उक्त बैठकमा सरकारले जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताए । जनताको ढाडसेक्ने गरी अंग्रेजी अक्षर रहेको र इम्बोस्ड नम्बर प्लेट बनाउने कम्पनीसँग आर्थिक लेनदेनमा यस्ता निर्णय नलाद्न समेत चेतावनी दिए ।

उनले भने, ‘‘ म मेरा कुनै पनि गाडीहरुमा इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिन । बरु सरकारले एक बर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक बर्ष जेल जान तयार छु ।’

बुधबारको छलफलमा उक्त समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई बोलाए पनि विना जानकारी अनुपस्थित रहेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.