काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल पक्षले सरकारको असंवैधानिक कदमविरूद्ध थप सशक्त बनाउदै गएको छ ।विरोध प्रदर्शनसहित कार्यक्रम गरेको यो पक्षले दोस्रो चरणको आन्दोलनलाई प्रभावकारी र सशक्त बनाउन स्थायी कमिटी बैठक समेत डाकेको छ ।
बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बताएको छ । कार्यक्रमलाई सशक्त र व्यवस्थित बनाउने विषयमा छलफल हुने नेता योगेश भट्टराईले बताए ।
संसद विघटनपछि आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव समुहले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन समेत घोषणा गरिसकेको छ।
